जनकपुरधाम : जनकपुरमा आन्दोलनले उग्ररुप लिएपछि गत विहीबार ३ बजेबाट जारी गरिएको कर्फ्यू हटाइएको छ । सुनसरी देवानगन्जमा भएको धार्मिक द्वन्दको बिरोधमा जनकपुरमा आदोलनले उग्ररुप लिएपछि गत विहीबारबाट जारी गरिएको कर्फ्यू आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क. बमोजिम चारकिल्ला भित्र कर्फ्यू आदेश जारी गरिएकोमा जिल्ला सुरक्षा समितिको बैठको निर्णयानुसार शनिबार बिहान १०ः०० बजेदेखि हटाइएको छ । कर्फ्यूको आदेश हटेसँगै अर्को आदेश नभएसम्मका लागि मिति २०८३ श्रावण १६ गते शनि