पाल्हीनन्दनमा अध्यक्ष र उपाध्यक्षकै पद गुमेपछि...

  • शनिबार १६ साउन २०८३ १२:०० PM
परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी तोकिएको छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि शुक्रबार बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा नयाँ जिम्मेवारी तोकेको हो।बैठकले वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवाहक अध्यक्ष र कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको छ। गाउँपालिकाका लेखा प्रमुख सञ्जय शर्माका अनुसार दुवै जना तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनि