काठमाडौं : नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएकोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ग्यास अभाव भन्ने उपभोक्ताबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरुले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन निगमले निर्देशन दिएको छ। ‘निगमको तथ्याङ्क अनुसार दैनिक रुपमा माग अनुसारको ग्यासको आपूर्ति भइरहेको भएतापनि विभिन्न सञ्चार माध्यमहरुमा बजारमा ग्यासको अभाव भनि आएको समाचार