काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी व्यवसायीले तीन लाख घुस मागेको भन्दै पाँच जनालाई शुक्रबार नियन्त्रणमा लिएको छ । सो कार्यालयका नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग तीन