सिरहा: जिल्ला प्रशासन कार्यालय सिरहाले लहान क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा लहान नगरपालिका क्षेत्रको कर्फ्यु हटाइएको जनाएको छ।बिहान १० बजेदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।सुनसरीको घटनालाई लिएर पछिल्लो समय लहानमा आन्दोलन चर्केपछि कर्फ्यु लगाइएको थियो। कर्फ्यु हटेपछि यहाँको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ।सर्वसाधारणको आवतजावत सुरु भएको छ भने बजार-पसलहरू पनि खुल