सुनसरी : सुनसरीको धरान–१४ विजयपुरस्थित श्री पिण्डेश्वर बाबाधाममा सञ्चालन हुँदै आएको रात्रिकालीन बोलबमको पूजा तथा जल अर्पण बन्द गरिएको छ । श्री पिण्डेश्वर बाबाधाम समितिले प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ ।समितिका अध्यक्ष विकासकुमार बनेपालीद्वारा जारी विज्ञप्तिमा श्रावण महिना भगवान् शिवको प्रिय महिना तथा सोमबार विशेष पूजा–आराधनाको दिन भएकाले प्रत्येक वर्ष ठूलो संख्या