काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका बागमती प्रदेश समिति, वैधानिक जिल्ला शाखाका पदाधिकारी, पूर्व पदाधिकारी तथा देशभरका रेडक्रसकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संस्थामा बढ्दो राजनीतिक हस्तक्षेप र विधानविपरीत गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा पछिल्ला केही वर्षदेखि आन्तरिक विवाद र बाह्य हस्तक्षेपका कारण रेडक्रसको गरिमा, विश्वसनीयता, प्रभावकारिता तथा स्वायत्ततामा नकारात्मक असर परेको उल्लेख गरिएको