ललितपुर । जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्। उनीहरूले आपसमा मिलेमतो गरी जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस माग गरेको सूचना तथा उजुरी आयोगमा परेको थियो। सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई साउन १५ गते ललितपुर महानगरपालिका वडा नं. ४ स्थित एक होटलबाट ... The post घुस लिँदै गर्दा भूमि प्रशासन कार्यालयका तीन नासु र दुई लेखापढी व्यवसायी पक्राउ appeared first on Kalika Khabar.