कप्तानगञ्ज घटनाका मृतक ओमप्रकाश र जयप्रकाशको दाहसंस्कार गरियो

  • शनिबार १६ साउन २०८३ १०:०१ AM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको दाहसंस्कार गरिएको छ। शुक्रबार कोशी अस्पताल, विराटनगरमा दुवैको शव परीक्षण (पोस्टमार्टम) सम्पन्न भएपछि शुक्रबार राति कप्तानगञ्जमा अन्त्यष्टि गरिएको हो।बिहीबार राति गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएपछि दाहसंस्कारको प्रक्रिया अघि बढाइएको थियो।सहमतिअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, प्रत्येक परिवारलाई १०