एजेन्सी । हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारले शुक्रवार सार्वजनिक गरेको प्रारम्भिक अनुमानित तथ्यांकअनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा हङकङको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.३ प्रतिशतले वृद्धि भएको छ । जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार यो वृद्धिदर पहिलो त्रैमासिकको ५.९ प्रतिशतको तुलनामा केही सुस्त देखिएको हो ।