एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक कोइला खानीमा भएको विस्फोटमा परी ३४ जना कामदारको मृत्यु भएको उद्धार अधिकारीहरूले बताएका छन् । प्रान्तीय राजधानी क्वेटाको बाहिरी इलाकामा अवस्थित उक्त खानीमा बिहीवार स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विस्फोट भएको थियो । खानीभित्र काम चलिरहेका बेला अचानक विस्फोट हुँदा त्यहाँ कार्यरत मजदुरहरू भित्रै थुनिएका थिए ।