नवलपुर : नवलपुरको कावासोतीस्थित फिल्महल चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।शनिबार बिहान ६:२० बजे प्रातः भ्रमण (मर्निङ वाक) मा निस्किएका कावासोती नगरपालिका वडा नं. ८, सगरमाथा टोल बस्ने ७९ वर्षीय तुलसी च्वाईलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।च्वाईलाई ठक्कर दिएको बा ३ क १९०३ नम्बरको ट्रक र चालक प्युठानका प्रकाश गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशल बर्तौलाल