धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

  • शनिबार १६ साउन २०८३ ०३:४१ AM
धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ देखि १० बजेसम्म केही खुकुलो बनाइएको जनाएका छन् । सो अवधिमा अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी