काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) ले लोकतन्त्रलाई मजाक बनाउने काम गरेको भन्दै आलोचना गरेका छन् । अत्यधिक मतले निर्वाचित मेयरसहितका जनप्रतिनिधिलाई पदमुक्त गराएको भन्दै अध्यक्ष साहले एमालेले सामान्य लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न नसकेको र लोकतन्त्रलाई नै मजाक बनाउने काम गरेको भनेर आलोचना गरेका हुन् । एमालेले देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई पदमुक्त गराएपछि साहले एमालेले लोकतन्त्रको अपमान गरेको भन्दै आलोचना गरेका हुन् । अर्को दलबाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर लगायतका मेयरहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएको एमालेले मेयर कानूलाई बिनाकारण ... The post संवैधानिक प्रावधानलाई एमालेले मजाक बनायो, नगरपालिकालाई लुट्ने उद्देश्यले मेयरसहितका जनप्रतिनिधिलाई पदमुक्त गरायो : प्रभु साह appeared first on Kalika Khabar.