काठमाडौं : परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। त्यहीबेला बुवाको निधन भयो। वृद्ध आमा र एक बहिनीको जिम्मेवारी आफ्नै काँधमा आइपुग्यो। अनि, रोल्पामा जन्मेका, दाङमा बसोबास गरिरहेका २४ वर्षीय प्रतीक पुन २१ वर्षको उमेरमै विद्यार्थी भिसामा रुस पुगे।रुस पुगेपछि नेपाली साथीहरूले उनलाई रुसको सेनामा भर्ती भए राम्रो तलब र सुविधा पाइने सल्लाह दिए। सन् २०२३ को जुनमा रुस पुगेका उनी सेप्टेम्बरमा रुसको सेनामा भर्ती भए। उनी भन्छन्, ‘त्यतिबेला न रुसको भाषा आउँथ्यो, न अंग्रेजी नै राम्रो थियो। साथ