काठमाडौं । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई