काठमाडौं : सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा हिंसात्मक झडप भयो। साउन १० गते राति ८ बजेदेखि दुई समूहबीच विवाद र झडप हुँदा २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै ज्यान गयो। सर्वसाधारण र सुरक्षाकर्मी गरी झन्डै एक दर्जन घाइते भए।उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार ज्यान गयो। कप्तानगन्जबाट सुरु भएको हिंसाको आगो सिरहासम्म सल्कियो। प्रहरीको गोलीबाट सिरहा, गोलबजारका गणेश यादवको पनि ज्यान गयो। सुनसरी र सिरहामा झडपका दर्जनभन्दा बढी घाइतेको स्थानीय अस्पताल र गम्भीर घाइतेको काठमाडौंमा उपचार&nb