निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह

  • शनिबार १६ साउन २०८३ ०१:४७ AM
नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन र संयन्त्र परिचालन गर्न आग्रह गरेको छ। शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा स्थापित गर्न सफल पुर्जा सम्पर्कविहीन रहेको समाचारले