विश्व स्तनपान सप्ताह आजदेखि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ। सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। जीवनको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अर्थात् पूर्ण स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मनाइने यस सप्ताहले नयाँ