सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि अन्त्येष्टिको तयारी अघि बढाइएको हो। सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १) लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा