काठमाडौं : काठमाडौंमा सामान्य पानी पर्दा पनि माइतीघर डुबानमा पर्ने गरेको छ। थोरै समयका लागि सामान्य वर्षा भए पनि माइतीघरले डुबान खेप्नु परेको छ। थापाथली, सिंहदरबार, भद्रकाली र बबरमहल गरी चारैतिरको पानी माइतीघरमै जम्मा हुने तर यहाँबाट पानी निस्कने ढलको बाटो साँघुरो भएकाले माइतीघर डुबानमा परेको हो।माइतीघरमा किराना पसल सञ्चालन गर्दै आएकी रुमा लामिछानेले माइतीघर एउटा खाल्टोमा परेकाले सबै ठाउँको पानी आएर त्यहीँ जम्मा हुँदा डुबान हुने गरेको बताइन्। ‘डुबानका बेला पानी पसलको सिँढीसम्म आएको थियो,&r