सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका यादवको परिवार र सरकारबीच ७ बुँदे सहमति (पत्रसहित)

  • शनिबार १६ साउन २०८३ ०७:०१ AM
सिरहा :  सिरहाको औरही गाउँपालिका–२ का गणेश यादवका परिवार र गृहमन्त्री मार्फत सरकारबीच सहमति भएको छ । यादवको साउन १४ गते सुनसरीको घटनालाई लिएर भइरहेको आन्दोलनको क्रममा गोलबजारमा गोली लागेर मृत्यु भएको थियो । आज उनको शव हेलिकप्टरबाट ल्याएर दाहसंस्कार गरिने जनाएको छ । गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले सहमतिमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गृह मन्त्रालयले मृतक गणेश यादवलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई १०