दुई विश्व कीर्तिमान बनाएका दोलखाका किलु अब कहिल्यै फर्केर आउने छैनन्

  • शुक्रबार​ १५ साउन २०८३ १०:०० PM
दोलखा : गौरीशङ्कर गाउँपालिका–९, बेदिङका विश्व कीर्तिमानी पर्वतारोही किलि पेम्बा शेर्पा (किलु) अब आफ्नै गाउँ फर्केर आउने छैनन्। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोले हिमालसँग जीवन जोडेर संसारभर नेपालको नाम चिनाएका एक अनुभवी आरोहीलाई सधैंका लागि खोसेको छ। किलि पेम्बाको शव शुक्रबार फेला परेको उनका काका तथा वरिष्ठ हिमआरोही दावाछिरी शेर्पाले जानकारी दिएका छन्। यसअघि नेपाली आरोही पुरबहादुर गुरुङ (युक्ता) को शव फेला परेको विवरण सार्वजनिक भए पनि नेपाल सरकारले औपचारिक