नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वारा पदबहाली

  • शुक्रबार​ १५ साउन २०८३ ०३:३७ PM
काठमाडौं । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले आज निर्वाचन आयोगमा पदबहाली गरेका छन् । पदबहालीपछि बसेको आयोगको बैठकले हाल सङ्घीय संसद्मा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकअनुसार एकीकृत निर्वाचन व्यवस्थापन नियमावलीको मस्यौदा तयार गर्ने निर्णय गरेको छ । साथै निर्वाचनमा नागरिकको अपेक्षाबमोजिम आधुनिक सूचना