काठमाडौं । नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले पुर्जाको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै उनको सकुशल उद्धारका लागि संलग्न उद्धार टोलीको सफलताको कामना गरेको