विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव पोस्टमार्टमपछि शुक्रवार आफन्तले बुझेका छन् । कोसी अस्पताल विराटनगरमा कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम सम्पन्न भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारलाई जिम्मा लगाइएको हो । गत आइतबार देवानगञ्जमा दुई समूहबिच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको