काठमाडौं । आन्दोलनरत लघुवित्त पीडित र सरकारबिच दोस्रो दिनको वार्ता जारी छ । बिहीवार निष्कर्षमा पुग्न नसकेपछि शुक्रवारदेखि पुनः सुरु भएको हो । यहीबिच लघुवित्त पीडितको अर्को समूहले सरकारी वार्ता टोलीलाई १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न तत्काल कदम