काठमाडौं । भरतपुर महानगरपालिकाले जिल्लामा आज सद्भाव र्यालीको आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट पुलचोकसम्म आयोजना गरिएको सद्भाव र्यालीपछि जिल्ला समन्वय समिति चिवनका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक विविधताबिच एकतामा बाधिएको मुलुकका रूपमा रहेका बताए । पछिल्लो समय सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले समाजमा आपसी विश्वास, सहिष्णुता