काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र कार्य क्षेत्र भएर दर्ता गराइएका १ हजार ९१२ वटा सहकारी संस्थामध्ये गएको वर्षमा ६६७ वटा मात्र नवीकरण भएका छन् । यो आधाभन्दा बढी सहकारीहरू संस्थागत नियमन र सम्पर्कभन्दा बाहिर रहेको वा निष्क्रिय रहेको सङ्केत हो । विभागले २०८२/०८३ को प्रगति कार्यवाहक प्रमुख सुनिता डंगोल समक्ष पेश गर्दा विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले यो विवरण सुनाउनुभएको हो । यो वर्ष, नियमित बाहेक नयाँ के काम गर्नुभयो