नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पाँच जिल्लाबाट हालसम्म ३६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ एक विवरण सार्वजनिक गर्दै सबैभन्दा धेरै धनुषाबाट १८ जना पक्राउ परेको जानकारी दिएको छ। प्रहरीका अनुसार सिरहाबाट ५ जना, सर्लाहीबाट ८ जना, महोत्तरीबाट २ जना र पर्साबाट १