काठमाडौं : नेपालका लागि जापानका राजदूत माएदा तोरुले जापानमा उच्च अध्ययनका लागि छनोट भएका जेडीएस (ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप) फेलोहरूलाई बधाइ दिँदै सफल अध्ययनका लागि शुभकामना दिएका छन्।राजदूत माएदाले शुक्रबार ताहाचलस्थित आफ्नै निवासमा आयोजना गरेको बिदाइ कार्यक्रममा जापान जान लागेका नेपाल सरकारका कर्मचारीहरूलाई बधाइ दिँदै जापानको शिक्षा, संस्कृति, मूल्य-मान्यता र समाजबारे गहिरो ज्ञान हासिल गर्न आग्रह गरे।जेडीएस कार्यक्रमअन्तर्गत यस वर्ष २२ जना सरकारी कर्मचारी जापानमा उच्च अध्ययनका लागि जान