तराई–मधेश घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग (निर्णयसहित)

  • शुक्रबार​ १५ साउन २०८३ ०१:५१ PM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीले तराई–मधेशका विभिन्न क्षेत्रमा भएको द्वन्द्वका घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। शुक्रबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो। कप्तानगन्ज घटनापछि तराई-मधेशका विभिन्न क्षेत्रमा विभिन्न समूहबीच भएको द्वन्द्वमा