रास्वपाको जति छिटो उदय, त्यति छिटो पतन हुनेछ : शंकर पोखरेल

  • शुक्रबार​ १५ साउन २०८३ ११:४१ AM
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रास्वपाको उदय जति छिटो भयो, त्यति नै छिटो पतन हुने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले जति छिटो उदय भएको छ, यसको पतन संभावना त्यति नै ज्यादा हुने बताएका हुन् । ‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन संभावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ । जति छिटो उदय, त्यति छिटो पतन,’ उनले भने । महासचिव पोखरेलले देशका बिभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाए । ... The post रास्वपाको जति छिटो उदय, त्यति छिटो पतन हुनेछ : शंकर पोखरेल appeared first on Kalika Khabar.