सामाजिक सद्भाव कायम राख्न सक्रिय हुन उद्योग वाणिज्य महासंघको आह्वान

  • शुक्रबार​ १५ साउन २०८३ १२:१० PM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम र सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सामाजिक सद्भाव कायम राख्न आफ्ना सबै प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। महासंघले वर्तमान तनावपूर्ण अवस्थालाई साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। साथै, मातहतका सबै प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा स्थानीय अगुवासँग आवश्यक समन्वय गरी भाइचारा, ... The post सामाजिक सद्भाव कायम राख्न सक्रिय हुन उद्योग वाणिज्य महासंघको आह्वान appeared first on Kalika Khabar.