माइतीघरमा संयुक्त बिद्यार्थी संगठनको सद्भाव र्‍याली (तस्बिरहरु)

  • शुक्रबार​ १५ साउन २०८३ ११:२५ AM
काठमाडौं। सुनसरीसहित तराई–मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा फैलिएको हिंसा तथा साम्प्रदायिक तनावको अन्त्य गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्गठनहरूले शुक्रवार काठमाडौंमा सद्भाव र्‍याली निकालेका छन् । माइतीघर मण्डलाबाट सुरु भई बबरमहलसम्म पुगेको र्‍यालीमा सहभागीहरूले “हिमाल, पहाड, तराई, कोही छैन पराई”, “हिन्दु–मुस्लिम भाइभाइ”, “सामाजिक सद्भाव कायम गर” जस्ता