काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने चेतावनी पनि दिए ।