निर्मल पुर्जासहित ६ जनाको अवस्था अझै अज्ञात, आजका लागि खोजीकार्य रोकियो

  • शुक्रबार​ १५ साउन २०८३ ०६:०१ PM
काठमाडौं : पाकिस्तानको काराकोर क्षेत्रमा रहेको ब्रोड पिक हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्य रोकिएको छ। मौसम प्रतिकूलताका कारण प्रहरीले आजका लागि उद्धारकार्य रोकेको जनाएको छ।गिलगिट-बाल्टिस्तान प्रहरीका अनुसार शुक्रबार बेपत्ता भएका १० जनामध्ये चार जनाको शव फेला परेको थियो। जसमा एक नेपाली र एक ओमानी नागरिकको पहिचान खुलेको छ। मृतक भनिएका ओमानका नाधिरा अल हार्थी र नेपालका पुर बहादुर गुरुङको शवलाई हेलिकोप्टरमार्फत स्कार्दु पठाइएको छ। अन्य शवहरू भोलिमात्र स्कार्दु लगिने गिलगिट-बाल्टिस्तान प्रह