काठमाडौं : नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विश्वबजारमा हालै सार्वजनिक गरिएको अल-न्यू निसान टेकटनलाई नेपालमा पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत सार्वजनिक गर्न लागेको छ। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।विश्वव्यापी रूपमा ९ जुलाई २०२६ मा सार्वजनिक गरिएको निसान टेकटन, निसानको नयाँ प्रिमियम एसयुभी हो, जसले कम्पनीको एसयुभी लाइनअपमा महत्वपूर्ण थपको रूपमा स्थान बनाएको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि