ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद, चालक पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ०६:०१ PM
विराटनगर : मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा मिनी ट्रकमा राखी धानको भुसमुनि लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ । संयुक्त सुरक्षा टोलीले मिनी ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद गर्दै चालकलाई पक्राउ गरेको हो । उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीका डीएसपी विकाशकुमार