काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुकुमबासी व्यवस्थापनका क्रममा प्रभावित भएका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले प्रभावकारी कदम चालेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीको शैक्षिक व्यवस्थापन र भौतिक आवश्यकता परिपूर्तिका लागि भएका प्रयासबारे स्पष्ट पारेका हुन् । मन्त्री पोखरेलकाअनुसार सुकुमबासी व्यवस्थापनका क्रममा