राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

  • शुक्रबार​ १५ साउन २०८३ १०:३७ AM
काठमाडौँ : नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैर–जिम्मेवारीपनका कारण देश ठुलो दुर्घटनातर्फ धकेलिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । सांसद कर्णले आफ्नो गृह जिल्ला सिरहाको अवस्था भयावह रहेको बताए । ‘घर सम्झिन्छु, चारैतिर रगत बगिरहेको छ। काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ,’ उनले भने, ‘भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौँ घाइते छन्। यस्तो पीडामा ... The post राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग appeared first on Kalika Khabar.