थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता

  • शुक्रबार​ १५ साउन २०८३ ११:०३ AM
काठमाडौँ । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएको छलफलमा उनीहरूले थप हिंसा फैलिन नदिन सरोकारवालासँगको संवादलाई निरन्तरता दिने, सामाजिक सञ्जालमा अफवाह फैलाउने, सामाजिक सद्भावमा