काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोपहरू प्रमाणित गर्न सरकारलाई चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी गरेका हुन् । उनले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेट लगायतका प्रकरणमा एमालेलाई विनाकारण मुछिएको