रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।बीमित काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु. १ करोड बीमांक भएको जीवन बीमा गरेका थिए। उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु. ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए। केही समयअघि बीमित काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो। उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने माप