काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका बिभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन् ।एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाएका हुन् ।उनले राजनीतिक दलहरुको सहयोग माग्नु पर्ने विषयमा सरकार र सरकारका मन्त्रीहरु चाहिँ गम्भीर रुपमा उदासीन देखिएको बताए । त्यस्त