सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोज्यो : रामकुमारी झाँक्री

  • शुक्रबार​ १५ साउन २०८३ १०:४२ AM
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसावले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाइन् । उनले सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा नरहेको