मधेसी दलका नेताहरूसँग प्रधानमन्त्री बालेनले भने- म संघीयताविरोधी होइन, सपना पनि त्यस्तो नसोच्नुस्

  • शुक्रबार​ १५ साउन २०८३ ०४:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आफू संघीयताविरोधी नभएको बताएका छन्। सिंहदरवारमा मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री बालेनले सपनामा पनि आफूलाई संघीयताविरोधी नसोच्न आग्रह गरेका हुन्।नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री शाहले संघीयताका विषयमा प्रष्टरूपमा आफ्नो विचार प्रस्तुत गरेको बताए। चितवन महाधिवेशनमा संघीयताका सम्बन्धमा आएका विषय सच्याउनुपर्ने प्रधानमन्त्रीको जोड रहेको नेता महतोको भनाइ छ। 'संघीयताप्रति जुन शंका छ। त्यो सपना पनि नसोच्नुहोला कि म संघीयता