सहमतिपछि पनि कप्तानगञ्जका दुई मृतकको उठेन शव, स्थानीय विरोधले अन्त्येष्टि अनिश्चित

  • शुक्रबार​ १५ साउन २०८३ ०४:०१ PM
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाको शव सरकारसँग सहमति भइसकेपछि पनि परिवारले बुझ्न अस्वीकार गरेको छ । परिवारले अस्वीकार गरेपछि अस्पतालबाट शव उठ्न सकेको छैन । स्थानीयस्तरमा चर्किएको असन्तुष्टि र विरोधका कारण शुक्रबार गर्ने भनिएको अन्त्येष्टि अन्योलमा परेको छ । सरकार र पीडित पक्षबीच बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा सहमति भएको थियो । सहमतिपछि शुक्रबार दिउँसो २ बजे अन्त्येष्ट