काठमाडौं : विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरूले सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सबै नेपालीलाई आह्वान गरेका छन्।शुक्रबार जारी संयुक्त अपील जारी गर्दै सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।धार्मिक अग