काठमाडौं : सेयर साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबारदेखि ओरालो लागेको नेप्से परिसूचक शुक्रबार आएर सकारात्मक देखिएको हो।नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएको थियो।नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा बढेको छ। यसदिन ३३७ वटा स्क्रिप्सको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर